
काठमाडौं, ९ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले कोरोनाविरुद्व सबै दृद भएर लाग्न आग्रह गरेका छन् ।
प्रचण्डले विज्ञप्ति जारी गरी संक्रमणविरुद्व सरकार र पार्टीले लिएका नीतिलाई सबैले व्यवहारमा उतारेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रचण्डले विश्वव्यापी महामारकिा रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् ।
उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई आग्रह गरेका छन् ।











प्रतिक्रिया