
काठमाडौं, ९ चैत । सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीबाट आएका ६९ जनाको आज स्बाव परीक्षण गरिने भएको छ ।
विभिन्न विमान कम्पनीले ६९ जना नेपालीलाई हिजो काठमाडौं ल्याएका थिए । अध्यागमन विभागका अनुसार थाइ एयरवेज र एयर इण्डियाले नेपालमा आवागमनमा प्रतिबन्ध लगाइएका मुलुकमा रहेका नेपालीहरुलाई काठमाडौं उतारेका हुन ।
यसैगरी हिजो राति सिंगापुर एअरलाइन्सबाट आएका एक महिलासहित २ पुुरुषलाई पनि क्वारेनटाइनमा राखिएको छ । ती मध्ये एकजना नेदरल्याण्ड्स् र अन्य २ जना जापानबाट आएका नेपाली हुन ।
यद्यपि उनीहरु संक्रमित भए नभएको पुष्टि भएको छैन । क्वारेन्टाइनमा पठाइएका मध्ये ७४ बर्षिया वृद्धासहित ५ जना महिला र अन्य पुरुष रहेका छन् ।











प्रतिक्रिया