
काठमाडौं, ९ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना नियन्त्रणका लागि थप कडा सुरक्षा नियम लागु गर्ने जनाएको छ ।
शनिबार सिंहदरबारमा बसेका समितिको बैठकले सीमानाकामा थप कडाई गर्ने जनाएको छ । बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने निर्णय गरेको छ ।
शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भएपनि क्वारेन्टाइन, आइसोलन र उपचारमा पठाइने बताइएको छ ।
समितिको आज पनि बैठक बस्ने र थप निर्णय लिने बताइएको छ ।











प्रतिक्रिया