८ मंसिर २०८३, मंगलबार

‘कोरोनाभाइरस’का बिरामी फेला परेका छैनन् : नर्भिक अस्पताल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८  चैत । नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले अस्पतालमा ‘कोभिड–१९’ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी हालसम्म ‘कोरोनाभाइरस’का कुनैपनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ ।

त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानुनी कारबाहीको माग गरिएको छ ।-रासस