
कैलाली , ८ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।
तीनैजनाको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।
नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र सोमबार रिपोर्ट आउने अस्पतालले जनाएको छ ।











प्रतिक्रिया