८ मंसिर २०८३, मंगलबार

कोरोनाको आशंकामा सिन्धुली अस्पतालमा भर्ना भएका वृद्वको रिपोर्ट नेगेटिभ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ८ चैत ।  गत चैत ५ गते कोरोनाको आशंकामा सिन्धुली अस्पतालमा भर्ना भएका एक वृद्वमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कमलामाई नगरपालिका वडा नं ७ का ८१ वर्षीय वृद्धलाई लक्षणका आधारमा आशंका गरी स्वाव परिक्षण गरिएको थियो ।

उनलाई अत्यधिक ज्वरो देखिएको र स्वासप्रस्वासमा समेत समस्या देखिएकाले आइसोलेशन वार्डमा राखी उपचार गरिएको थियो ।

उनलाई बिहिबार कोरोनाको आशंका गरी काठमाडौँ टेकुस्थित सरुवा रोग तथा ट्रपिकल सेन्टरबाट आएको टोलीले स्वाव परिक्षणका लागि नमुना संकलन गरि लगेको थियो ।

सिन्धुली अस्पतालका डा।प्रसान्त राजभण्डारीका अनुसार बिरामीको स्वाव परिक्षणमा इन्ल्फुन्जा ए देखिएको छ ।