८ मंसिर २०८३, मंगलबार

बम र पेस्तोलसहित विप्लव समूहका दुई पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ८ चैत ।  प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका रौतहट जिल्ला इन्जार्चसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले पेस्तोल, ग्रिनेड बम र अन्य दस्तावेजसहित दुई जनालाई पक्राउ गरेको हो ।

डीएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चन्द्रपुर–३, महादेवडाडा अल्लाजोरबाट चन्द्रपुर–५ थलहीटोल घर भएका चन्द समूहका रौतहट जिल्ला इन्चार्ज मानबहादु राई र बागलुङ ढोरपाटन नगरपालिका–२ बुर्तिवाङ का कमल गुरुङलाई पक्राउ गरेको हो । गुरुङ चन्द समूहको भ्रातृ संगठन नेपाल युवा संघका जिल्ला अध्यक्ष हुन् ।

दुवैलाइ गोप्य सूचनाको आधारमा घेरा हालेर पक्राउ गरेको डीएसपी शाहीले जानकारी दिए । उनीहरुबाट ग्रिनेड बम, एक थान पेस्तोल, त्यसमा लाग्ने गोली, मोबाइल ७ थान, केही सिमकार्ड, पार्टीको दस्तावेज बरामद गरिएको डीएसपी शाहीले बताए ।