४ कार्तिक २०८३, बुधबार

दुई साता पेसी नतोकिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । सर्वोच्च अदालतले व्यक्तिको स्वतन्त्रतासँग जोडिएका सेवाबाहेक दुई साताका लागि देशभरका कुनै पनि अदालतमा मुद्दाको पेसी नतोक्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा शुक्रबार सर्वोच्च अदालतमा बसेको पूर्ण (फुल कोर्ट) बैठकले कोरोना महामारीको उच्च जोखिमलाई ध्यान दिँदै सम्भावित संक्रमणबाट बच्न सर्वोच्च, उच्च, जिल्ला अदालत र न्यायाधीकरणमा चैत २१ सम्म पेसी नतोक्ने निर्णय गरेको हो।

व्यक्तिको स्वतन्त्रतासँग जोडिएका बन्दीप्रत्यक्षीकरण, अभियोगपत्र दर्ता, बयान, थुनछेक, पक्राउ पुर्जी अनुमति, जरुरी पक्राउ पुर्जीको समर्थन, म्याद थप, महामारीसँग सम्बन्धित गम्भीर प्रकृतिका निवेदनसँग सम्बन्धित काम भने हुनेछन्। अदालतमा नियमित प्रशासनिक काम पनि चल्नेछ। मुद्दाको टिपोट, फैसला लेखन, मुद्दासँग सम्बन्धित अन्य आन्तरिक काम भने नरोकिने सर्वोच्चले जनाएको छ।

विश्वका १६८ भन्दा बढी देशमा फैलिएको कोरानो भाइस (कोभिड–१९) संक्रमणबाट हुनसक्ने महामारीलाई ध्यान राख्दै देशभरका अदालतमा भप्डभाड हुने भएकाले पूर्वतयारीस्वरुप अपनाउनुपर्ने सावधानीका लागि यस्तो निर्णय गरिएको हो।

सरकारबाट भएका निर्णयअनुसार अदालत व्यवस्थापन गर्दै महान्यायाधिवक्ताको कार्यालय, बालसुधार गृहको अनुरोध र महामारीको यस विपद्जन्य परिस्थितिमा बालसुधार गृहमा भीड कम गर्न बालबालिकालाई अभिभावकको जिम्मा लगाउनसक्ने निर्णय पनि भएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।