८ मंसिर २०८३, मंगलबार

सशस्त्रका जवानले गरे ब्यारेकभित्रै हात्महत्या

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, ७ चैत ।  बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत प्रहरी जवानले ब्यारेक भित्रै आत्महत्या गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीले ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

ब्यारेकका सुरक्षाकर्मीले शुक्रबार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

भण्डारीले सात वर्षअघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका थिए। भण्डारीको परिवारले बैशाखमा उनको विवाह गर्ने तयारी समेत थालेको थियो । भण्डारीको शव परीक्षणका लागि वीरगन्ज पठाएको छ।