
काठमाडाैं, ७ चैत । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखीमलाई न्युनिकरणका लागि भन्दै राष्ट्रियसभा बैठक स्थागित गरिएको हो ।
यसअघि सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गतेलाई सारिएको छ ।











प्रतिक्रिया