
म्याग्दी, ७ चैत । रघुगंगा गाउँपालिका- ४ दग्नामको कान्छीगाउँमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
रोकिराखेको जिपको गियर गाडिमा रहेका बालबालिकाले चलाउदा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएको छ ।
घाइते हुनेमा स्थानीय मिनीज पुन (९वर्ष), हम्माया पुन (३३ वर्ष), भदेवी गर्वुजा (४१ वर्ष), मनबहादुर तिलिजा (५० वर्ष), सुकमाया गर्वुजा (३६ वर्ष), युवी गर्वुजा (७ वर्ष) वर्षा शेरपुजा (४ वर्ष),तविना शेरपुजा (१२ वर्ष) र असिम गर्वुजा (५ वर्ष) रहेका छन् ।
बेनी अस्पतालमा घाइतेहरुको उपचार भरहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते मिनीज पुन र हम्माया पुनलाई थप उपचारका लागि हेलिकोप्टरबाट पोखरा पुर्याइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया