
काठमाडौं, ७ चैत । कोरोना भाइरसको मौका छोपेर बजारमा कालोबजारी मौलाएपछि सरकारले आजबाट पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
सरकारले बनेपा, सूर्यविनायक, जडीबुटी, सतुंगल र कालीमाटीमा आजबाट पसल सञ्चालन गरेको हो । संसद्का् उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएका थिए।
खाद्य व्यापार तथा आपूर्ति कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा केही स्थानमा सुपथ मूल्य पसल र केही स्थानमा मोबाइल भ्यानमार्फत घुम्ती पसल सञ्चालनमा ल्याउने तयारी छ।
यस्ता पसलमार्फत चामल, दाल, नुन, चिनी, ग्यास र इन्डक्सन चुल्हो बिक्री गर्ने सरकारको योजना छ।











प्रतिक्रिया