८ मंसिर २०८३, मंगलबार

‘एसएमएस वाइपास’ गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । कल वाइपास सबैले सुन्दै आएको हो, तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला पारेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी अत्याधुनिक प्रविधिको प्रयोग गरी एसएसमएस वाइपास गरेको नेपालमा पहिलो भएको दाबी गरेको छ ।

उक्त अवैध कार्यमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

उनले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ उपकरण राखी गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय एसएसएस वाइपास गर्ने गरेको खुलेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित तुलसी महर्जनको घरमा कोठा भाडामा लिई बस्दै आएका भारतका ३५ वर्षका प्रशान्त साह रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

शाहमाथि दुरसञ्चार ऐन, २०५३ अन्तर्गत कारवाही थालिएको छ । उनको साथबाट प्रहरीले विभिन्न सञ्चार उपकरण बरामद गरेको छ ।

यस्तै तीस थान नेपाल टेलिकमको सिम र १८५ थान एनसेलको सिमसमेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार अनुसन्धानमा विगतमा कल वाइपास गर्दै आएकोमा अहिले नयाँ तरिकाले एसएसएस वाइपास गर्ने गरेको फेला परेको हो । उ

नले उक्त कामका लागि सबै उपकरण भारतबाटै ल्याएको खुल्न आएको छ । वाइपासमा उनी एक्लै सहभागी भएको समेत प्रहरीले जनाएको छ ।-रासस