बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मास्क प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू

दैनिक नेपाल २०७६ चैत ७ गते ७:२७

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुपमा फैलिरहेको छ । भाइरसविरुद्धको औषधि, खोप हालसम्म पनि विकसित भैसकेको छैन ।

एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने यो भाइरसको संक्रमणबाट बच्न विभिन्न सावधानी अपनाउन सकिन्छ । नियमित साबुन पानीले हात धुने, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, संक्रमित बिरामीको सम्पर्कबाट टाढै रहने, अनावश्यक भिडभाडमा नजाने गर्नाले पनि यसको सम्भावित संक्रमणबाट बच्न सकिन्छ । मास्क प्रयोग गर्दा पनि केही सावधानी भने अपनाउनुपर्छ ।

मास्क कस्तो बेला प्रयोग गर्ने ?

– यदि तपाइमा भाइरस संक्रमणको लक्षणहरुमा देखा परेमा। जस्तोः उच्च ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो भएमा

– तपाई कोरोना संक्रमित बिरामीको नजिक हुनुहुन्छ वा हेरचाहमा हुनुहुन्छ भने

– कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यर्मी हुनुहुन्छ

मास्क प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू

– मास्क खोल्दा सँधै तलतिरबाट मात्र खोल्ने

– मास्क भिजेपछि वा प्रत्येक ६ घण्टामा परिवर्तन गर्ने

– मास्क लगाउँदा नाक,मुख र चिउँडो छोपिने गरी लगाउने, याद राखौं मास्क अनुहारमा फिट भएको हुनुपर्छ

– ‘डिस्पोजल मास्क’ एक पटक मात्रै प्रयोग गर्ने, प्रयोग गरिसकेपछि डस्टबिनमा फाल्ने

– पुनः प्रयोग गर्न मिल्ने मास्क भए किटाणुरहित बनाएर मात्रै पुनः प्रयोग गर्ने

– मास्क लगाइसकेपछि बारबार मास्क नछुने, वा निकाल्दा बाहिरी सहतमा नछोइकन निकाल्ने

– मास्कलाई घाटीमा नझुण्ड्याउने

– मास्क हटाइसकेपछि अनिवार्य रुपमा सावुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने

प्रतिक्रिया
सम्बन्धित