
काठमाडौं, ६ चैत । नेपाल टेलिकमले कोरोना भाइरस (कोभिड-१९) का बारेमा निशुल्क जानकारीमूलक सन्देश सुन्न सकिने व्यवस्था गरेको छ ।
मोवाइल मार्फत ३२१०० नम्बर डायल गरि कोरोना भाइरसकाबारे उपयोगी जानकारी सुन्न सकिने छ । उक्त नम्बरमा कल गरेपछि कोरोना भाइरस के हो, कहाँबाट सर्छ, लक्षणहरु, उपचारका विधी, लगायतका सम्पुर्ण जानकारी प्राप्त गर्न सकिने छ ।
यसबाट थप नेपाल सरकारले हटलाइन नम्बरहरुसमेत प्राप्त गर्न सकिने छ । नेपाल टेलिकमले गत असारदेखि ‘NT सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराउदै आएको छ ।
यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निशुल्क प्राप्त गर्न सकिन्छ ।











प्रतिक्रिया