काठमाडौं, ६ चैत । राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजाका विषयमा सोधिएको प्रश्नको जवाफ दिन नसेर स्टुडियोबाट रिसाएर हिँडेका छन् ।
न्युज २४ टेलिभिजनको ‘टू द प्वाइन्ट’मा कार्यक्रम प्रस्तोता राजु थापासँग पड्किएका छन् । प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग निर्मम तरिकाले राजसंस्था र हिन्दूराष्ट्रका विषयमा प्रश्नहरू सोधेका थिए ।
ती प्रश्नहरूको जवाफ दिन असहज मानिरहेका कमल थापाले प्रस्तोता राजुलाई पूर्वाग्रही भएर प्रश्न सोधेको भन्दै आक्रोश पोखे । कमल थापाले अन्तिममा अन्तर्वार्ता नै नदिएर स्टुडियोबाट हिँडेका छन् ।
कमल थापाले प्रस्तोता राजु थापाको शैलीको आलोचना गरेका छन् । उनले राजु थापालाई आफूसँग अन्तर्वार्ता लिने हैसियत नराख्नेसम्म भन्न भ्याएका छन् ।
पार्टीभित्र निरंकुशता लादेको भनेर कमल थापालाई बेलाबेला आरोप लाग्दै आएको छ । कमल थापाकै कारण राप्रपा पटक पटक विभाजित भएको भन्ने नेताहरूपनि छन् ।
नेपाल टेलिभिजनमा उनै राजु थापाले तत्कालीन सञ्चार तथा सूचना प्रविधिविमन्त्री गोकुल बास्कोटालाई सम्पत्तिसम्बन्धी प्रश्न सोधेका कारण कार्यक्रमबाट हातधुनु परेको थियो ।











प्रतिक्रिया