
काठमाडौं, ६ चैत । जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले श्रेस्तेदार पराजुलीलाई ३० हजार घुुस रकमसहित पक्राउ गरेको हो ।
आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो ।
सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेका थिए । सुरुमा ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको बताइएको छ ।
श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताएको छ।











प्रतिक्रिया