८ मंसिर २०८३, मंगलबार

पेट्रोल लुकाउने पेट्रोल पम्पलाई २ लाख जरिवाना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत ।   काठमाडौँस्थित मैदिवेवीमा रहेको मैतिदेवी पेट्रोल पम्पले पेट्रोल लुकाएको भेटिएपछि २ लाख जरिवाना गरिएको छ ।

आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा मंगलबार गरेको अनुगमनका क्रममा उक्त पम्पले ४ हजार लिटर पेट्रोल लुकाएको पाइएपछि जरिवाना गरिएको हो ।

पेट्रोल नभएको जानकारी पत्र राखिएको तर जाँच गर्दा ४ हजार लिटर पेट्रोल भेटिएको अनुगमनमा संलग्न एक अधिकारीले बताए ।

बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमनसमेत गरेका छन् ।