८ मंसिर २०८३, मंगलबार

पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति, कृत्रिम अभाव गराउनेलाई कडा कारबाही गरिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत ।  नेपाल आयल निगमले अहिले पर्याप्त मात्रामा पेट्रोल, डिजेल र ग्यासको आपूर्ति भएको जनाएको छ । निगमले कोरोना भाइरसको नाममा बजारमा कालोबजारी मौलाएकाले कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ ।

आज निगमले विज्ञप्ती जारी गर्दै कृत्रिम अभाव गराउनेलाई कारबाही गर्ने जनाएको हो । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, सर्वप्रथम विषम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बावजुत पनि निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा एलपी ग्या लगायतका पेट्रोलियम पदार्थहरुको निर्वाध आपूर्ति एवं विक्री वितरण गरिरहेको र आगामी दिनमा पनि सम्पूर्ण पेट्रोलियम पदार्थहरु सहज रुपमा उपलब्ध गराउन निगम प्रतिवद्ध रहेको व्यहोरा सहर्ष जानकारी गराउँदै हालका केही समयमा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारण उपभोक्ताहरुलाई भयवित गराइ फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेता आदिको संलग्नता पाइएमा नेपाल आयल निगम लिमिटेडले कडा कारबाही गर्ने व्यहोरा आश्वस्त पार्न चाहन्छौं।

यस्तै निगमले उपभोक्ताहरुलाई पनि घरमा हल्लाको पछि लागेर आवश्यक भन्दा बढी ग्यास तथा पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह गरेको छ।