
भक्तपुर, ५ चैत । कुटपिट गरी श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुर्यविनायक नगरपालिका ९ का ३३ वर्षीय राजन व्याञ्जुलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
व्याञ्जुले मादव पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । फागुन ३० गते शुक्रबार दिउँसो आफ्नै घरको माथिल्लो तलामा बसेर दुई जनाले सँगै रक्सी खाएको र रक्सी खादा खाना पकाउने विषयमा झगडा भएपछि राजनले पवित्रालाई लात्ती, मुक्का र दाउराले कुटपिट गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया