८ मंसिर २०८३, मंगलबार

परपुरुषसँग सल्किएकी बुहारीले लगाइन् कांग्रेस केन्द्रीय सदस्यका पतिलाई याैन हिंसाकाे आरोप

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री चित्रलेखा यादवकी बुहारी रानी यादवले आफ्नै ससुरा डा. डा.श्रीकृष्ण यादवलाई यौनहिंसाको आरोप लगाएकी छिन् ।

सिरहामा रहेको आफ्नै दरबार होटेलमा सञ्चालनमा रहेको दरबार होटेलका कामदार यामबहादुर बिकसँग सम्बन्धमा रहेकी रानीले आफ्नै ससुरालाई यौनहिंसाको आरोप लगाएकी हुन् । कांग्रेस नेतृ चित्रलेखा यादवले रानीले लगाएका आरोपहरूमा कुनै सत्यता नरहेको भन्दै परपुरुषसँग अनैतिक सम्बन्ध राखेर विवाह गरेकी रानी यादवको आरोपहरूको कुनै अर्थ नहुने बताएकी छिन् ।

रानीले ससुरा श्रीकृष्ण यादवले आफूमाथि ५ वर्षदेखि यौनहिंसा गरेको सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी छिन् । रानीले फेसबुकबाट आफूलाई ससुराबाटै यौनहिंसा गरेको विषय सार्वजनिक गरेपछि हँगामा भएको छ ।

डा.श्रीकृष्ण लोकसेवा आयोगका पूर्वसदस्य पनि हुन् । डा.श्रीकृष्णले विगत ५ वर्षदेखि यौनदुर्व्यहार गरेको विषयमा चित्रलेखा, अमेरिकामा रहेका आफ्ना श्रीमान् र आफन्तहरूलाई जानकारी गराएको रानीले फेसबुकमार्फत बताएकी छिन् ।

आफ्नो पीडाका विषयमा कुनै सुनुवाई नभएकाले सामाजिक संजालमार्फत् सार्वजनिक गरेको उनले उल्लेख गरेकी छिन् ।

रानीले ०७६ चैत २ गते फेसबुकमा पोष्ट गरेको ८ पेजको लिखित पत्रमा राखेकी छिन् । सासु चित्रलेखाले पति डा.श्रीकृष्णले यौनहिंसा गरेको थाहा पाएर पनि रोक्नुको साटो उल्टै पतिलाई नै साथ दिएको रानीले सो पत्रमा उल्लेख गरेकी छिन् ।

रानीका पति अमेरिकामा बस्दै आएका मछन् । रानीका ४ वर्षीय एक छोरा पनि छन् । पत्नी परपुरुषसँग सम्बन्धमा रहेको फेलापारेपछि रानीलाई बेवास्ता गर्दै आएका छन् ।

‘बुहारीलाई आफूसँग होटलको बन्द कोठामा ढोका लक गरेर २ घण्टासम्म कुन थकान मेटाउनका लागि गर्दछन्’, रानीले भनेकी छिन्, ‘शारीरिक, सामाजिक वा मानसिक ?’ रानीले सासु चित्रलेखाले पति डा.श्रीकृष्ण यादवलाई आफूमाथि यौनहिंसा गर्न उकासेको गम्भीर आरोप लगाएकी छिन् ।

‘कुनै पनि महिलाले आफ्नो श्रीमानसँग कुनै महिलाको सम्बन्ध सहन गर्न तयार हुँदैनन्’, उनले भनेकी छिन्, ‘ससुराले मलाई किस गर्दा वा अंगालो हाल्दा छोरा छैन यहाँ, त्यसो भएर मायाको फिल होस् भनेर सिकाउने सासुलाई कुन दर्जामा राखिन्छ ?’

बुहारीले लगाएको यौनहिंसाको आरोपका बारेमा डा. श्रीकृष्ण यादवसँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । उनले मोवाइल रिसिभ नगरेपछि डा. यादवले संचालन गरेको सिराहाकै दरबार होटलको फोनमा सम्पर्क गरिएकाे थियाे । तर त्यहाँ पनि उनी नभएको जवाफ दिइयो ।

रानी यादव आफ्नो बुहारी भएको स्वीकार गर्दै सांसद चित्रलेखा यादवले भनिन्, ‘उनी गएको फागुन २६ गते सोमबार नै दरबार होटलमा काम गर्ने यामबहादुर विश्वकर्मासँग पोइल गइसकेकी छिन् ।’

तपाईका पति श्रीकृष्ण यादवले बुहारीमाथि यौनदुर्व्यवहार गर्नुभएको आरोप सामाजिक संजालमै बुहारीले लगाएकी छिन् ? भन्ने जिज्ञासामा चित्रलेखाले भनिन्, ‘महिलासम्बन्धी कानून यति कडा छन् । यस्तो अवस्थामा कसैले त्यस्तो कल्पना पनि गर्न सक्दैन । यामबहादुरसँग भागेपछि म र मेरा पतिलाई बदनाम गर्न यस्तो सोँच्न पनि नसकिने आरोप लगाइएको हो ।’
सांसद यादवको भनाइ छ, ‘रानी यादवको यामबहादुर विकसँग पहिलेदेखि नै लभ परेको रहेछ । मेरो छोरा एक वर्षअघि अमेरिकाबाट आउँदा पनि रानीको विकसँग भिडियो कुराकानी भएको थाहा पाएपछि उसले के हो भनेर सोधीखोजी गरेको थियो ।’

‘त्यतिबेला साथीसँग कुरा पनि गर्न नपाउने भनेर मोवाइल नै फालेर फुटाएकी थिइन् । त्यतिबेला हामीले थाहा पाएनौं । शंका पनि गरेनौं’, चित्रलेखाले भनेकी छिन्, ‘अहिले आएर ऊ विकसँग पोइल गएपछि उनीहरूको प्रेम पहिलेदेखि नै रहेको थाहा पायौं । सीम पनि चेन्ज गरिरहने, ६–७ वटा त सीम नै छ ।’

कांग्रेस नेतृ चित्रलेखाले रानी यादव एक वर्षअघि नै यामबहादुर बिकसँग भाग्ने योजनामा रहेको बताइन् । ‘सिराहामा सशस्त्रका डीएसपी प्रेम रावलसँग यमबहादुरले १ वर्षअघि नै एउटी यादव केटी छ, मेरो ऊसँग लभ छ, हामी भागेर इण्डिया जाने भनेका छौं, सेक्युरिटी थ्रेट हुन्छ कि भनेको रहेछ’, चित्रलेखाले भनेकी छिन् ।

बुहारी रानीसँग लभ परेकाले यामबहादुरले एक दिन दरबार होटलको एमडी बनेर आउँछु भन्दैआएको पनि आफूले कर्मचारीबाट सुनेको चित्रलेखाले बताइन् ।

रानी यादव २ महिनादेखि जनकपुरमा रहेको र उतैबाट यामबहादुर बिकसँग पोइल गएको चित्रलेखाले दाबी गरेकी छिन् ।

‘प्रहरी अनुसन्धानमा यामबहादुर बिक र रानी यादव जनकपुरमा सँगै होटलमा बसेको खुलेको छ’, चित्रलेखाले भनिन्, ‘यामबहादुर बिकसँग पोइल गइसकेपछि मेरो श्रीमान र मेरो बदनाम गर्ने काम उबाट भइरहेको छ ।’

यामबहादुर बिक दरबार होटलमै काम गर्ने कर्मचारी रहेको कुरा कांग्रेस नेतृ चित्रलेखाको भनाइबाट खुलेको छ । दरबार होटल कांग्रेस नेतृ चित्रलेखा यादवका पति डा.श्रीकृष्ण यादवले चलाउँदै आएका छन् ।

सामाजिक संजालमा ससुराबाट यौनहिंसाको शिकार भएको र आफ्नो ज्यान नै असुरक्षित रहेको भन्दै आएकी रानी यादवसँग सम्पर्क गर्ने धेरै प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन । उनी जनकपुरमा भएको जानकारीसम्म पाइयो । उनीसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।