
काठमाडौं, ४ चैत । लालिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले सोमबार थुनछेक बहसपछि विशेष अदालतले पौडेललाई थुनामा पठाउने आदेश जारी गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धानले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।











प्रतिक्रिया