बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मृत्यु भएकाे ठानिएका दिदीबहिनीकाे ४७ वर्षपछि भेट

दैनिक नेपाल २०७६ चैत ४ गते ८:४६

नोमपेन्ह । कम्बोडियाका दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ । १०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७० को दशकमा कम्बोडियामा भएको कमेयर रुझ शासनको क्रममा एकअर्काको मृत्यु भएको हुनसक्ने ठानेका थिए ।

बुन सेनको आÏना ९२ वर्षे भाइसँग पनि पुनर्मिलन भएको छ । एउटा स्थानीय गैरसरकारी संस्थाका अनुसार बुन सेनले भाइको पनि मृत्यु भइसकेको ठानेकी थिइन् । कम्बोडियामा सन् १९७५ मा कम्युनिस्ट नेता पल पटले शासन आÏनो हातमा लिनु दुई वर्षअघि बुन सेन र बुन चियाको भेट भएको थियो ।

कमेयर रुझ शासनका बेला कम्बोडियामा करिब २० लाख मानिसहरू मारिएको विश्वास गरिन्छ । सो शासनकालमा थुप्रै परिवारको बिछोड भएको थियो । बुन सेनले आÏना श्रीमान‌लाई भने पल पटकै शासनकालमा गुमाइन् । पल पट शासन सन् १९७९ मा समाप्त भएको थियो ।

त्यसपछि उनी राजधानी नोम पेनमा रहेको एउटा डम्पिङ साइट नजिकै बस्न थालिन् । लामो समयसम्म बुन सेनले त्यही क्षेत्रमा फालिने फोहोरमैला जम्मा गरेर पुनः प्रयोग गर्न मिल्ने सामानहरू बेच्दै गुजारा चलाइन् । उनी छिमेकमा रहेका गरिब बालबालिकाको रेखदेखको काम पनि गर्थिन् ।

राजधानी नोमपेन्हबाट ९० माइलको दूरीमा क्यामपोङ चाम प्रान्तमा रहेको आÏनो गाउँ जाने उनको धोको थियो । तर उनको उमेर र अन्य थुप्रै कारणले त्यो कठिन भएको थियो ।

कम्बोडियन चिन्ड्रेन्स फन्ड नामक स्थानीय गैरसरकारी संस्थाले सन् २००४ यता बुन सेनलाई सहयोग गर्दै आएको छ । उनको भ्रमणको चाँजोपाँजो पनि उसैले मिलाइदिएको हो ।

प्रतिक्रिया
सम्बन्धित