८ मंसिर २०८३, मंगलबार

शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत ।   त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना-५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ ।

त्रिवि, शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकको नियमित सेवा सुविधा प्रविधीमार्फत उपलब्ध गराउने सहमति भएको मुग्लिन हाइवे अस्पतालले जनाएको हो ।

अस्पताललाई दुई वर्षपछि शिक्षण अस्पतालको विस्तारित अस्पतालको रुपमा विकसित गरिने पनि सहमति भएको छ । मुग्लिन हाइवे अस्पताल गैरमुनाफामूखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित अस्पताल हो ।

संस्थानका डीन प्रा।डा जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार सेवा आदान-प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालीम, टेलिमेडिसिन प्लाटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने पनि उहाँले बताउनुभयो ।

‘पहिलो चरणमा बिरामी भर्नाको समेत सुविधा सञ्चालन गर्ने गरी कार्याक्रम लागू गरिनेछ’, अध्यक्ष लामा भन्नुभयो । दुई वर्ष समयावधि रहने सम्झौताको दोस्रो चरणमा शिक्षण अस्पतालको विस्तारित अस्पतालको रुपमा मुग्लिन हाइवे अस्पताललाई विकसित गरिने भएकोे छ ।-रासस