८ मंसिर २०८३, मंगलबार

यूएईमा कोरोना संक्रमित दुई नेपालीलाई नेपाल फर्काउने विषयमा छलफल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ चैत ।  दुवईमा रहेका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण दखिएपछि उनिहरुलाई नेपाल फर्काउने विषयमा छलफल भइरहेको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।

अहिले संक्रमित नेपालीको उपचार भइरहेको र उनिहरुलाई स्वदेशमै ल्याएर उपचार गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । हालसम्म कतार सरकारले संक्रमित दुई नेपालीलाई नेपाल फर्काउन अनुमति दिएको छैन ।

उनिहरुको अवस्था अहिले सामान्य रहेको छ । यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो ।

उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ ।