वीरगंज, ३ चैत । भारतको नयाँदिल्लीबाट अध्ययन गरेर केही दिन पहिला पर्सा जिल्लास्थित घर आएका एक युवकलाई नोबेल कोरोना भाइरसको संक्रमण भएको आंशकामा उपचारका लागि अपताल भर्ना गरिएकाे छ ।
पाेखरीया नगरपालिका सतवरियाका २२ वर्षीय युवकलाई ज्वरो, रुघा, खोकी लगातार आएपछि कोरोना भाईरसको आंशकामा उनी आफै बीरगंज नारायणी अस्पतालमा भर्ना भएका थिए ।
दिल्लीमा अध्ययन गरेका ती युवक नेपाल आएको केही दिनमा नै रुघा खोकी, ज्वरो आएको थियाे । ती युवकको नारायणीमा अस्पतालमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएकाे जनाइएको छ ।











प्रतिक्रिया