
काठमाडौं, १ चैत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भई सरकारी निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग शनिबार प्रचण्डले झन्डै आधा घन्टा स्वास्थ्य स्थितिका विषयमा बुझेका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाएका प्रचण्डले हाल विश्वभर महामारी भइरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध सरकारी तयारी बलियो बनाउने विषयमा पनि परामर्श गरेका थिए ।
बिहान साढे ११ बजे बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री ओली चाँडै ठिक भएर दैनिक काममा फर्किने विश्वास लिएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।











प्रतिक्रिया