
भक्तपुर, १ चैत । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ ।
बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा ईश्वर मोक्तानका १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया