८ मंसिर २०८३, मंगलबार

युवा युवतीलाई रक्सि खुवाएर यौन भिडियो बनाएर पैसाको बार्गेनिङ गर्ने २ पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन ।  युवा युवतीलाई रक्सि खुवाएर यौन भिडियो बनाएर पैसाको बार्गेनिङ गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका श्याम राय र सुरज राय रहेका छन् । उनिहरुले बागबजारको एक गेष्ट हाउसमा युवक र युवतीलाई रक्सि खुवाएको र यौन सम्पर्क गर्न लगाई भिडियो बनाएको प्रहरीले जनाएको छ ।

पछि उक्त भिडियो सामाजिक सञ्जालमा हालिदिने भनी २ लाख ५० हजार रुपैयाँ माग गरेपछि पीडित प्रहरीसमक्ष पुगेका थिए ।

पक्राउ परेकामाथि आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।