बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

भारतमा अध्ययनरत मिलनको शव गंगा नदीमा भेटियो

दैनिक नेपाल २०७६ फागुन ३० गते ११:२३

काठमाडौं, ३० फागुन ।   दिल्लीको जामिया मिलिया इस्लामिया नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फिल्क्टमा अध्ययनरत नेपाली विद्यार्थी मिलन पौडेल मृत अवस्थामा फेला परेका छन् ।

२५ वर्षीय पौडेलको शव गंगा नदीको किनारमा भेटिएको हो । पौडेल गत मंगलबार होलीमा ४ जना साथीसँग दिल्लीबाट ऋषिकेश पुगेका थिए र त्यहाँ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जनाइएको छ ।

पौडेलले दिल्लीमा भड्किएको धार्मिक दंगामा वृत्तचित्र बनाइरहेका थिए। पौडेल पानीमा डुबेपछि उनलाई बचाउन अन्य साथीहरू पनि पानीमा हाम फालेका थिए। सो क्रममा गएका भारतको जम्मु-कश्मिर घर भएका उनका साथी तुषार कौशिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित