८ मंसिर २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी , ३० फागुन ।   कञ्चनपुरमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

म १ प ९५८५ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–२, भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्द रहेका छन् ।

दुर्घटनाको कारण खुलेको छैन ।