८ मंसिर २०८३, मंगलबार

मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३० फागुन । अत्याधिक मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा होलीको दिन अत्याधिक मदिरा सेवन गरेका पाँच जनाको मृत्यु भएको हो ।

रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा अनुसन्धान भईरहेको समेत प्रहरीको भनाई छ । मृतकको पहिचान भने हाल गोप्य राखिएको छ ।