धनगढी, ३० फागुन । कैलाली जिल्लाको धनगढीमा युवाहरूका वीच झडप भएको छ । झडपमा एकजना घाइते भएका छन् ।
बिहीबार साँझ धनगढीको रातोपुलस्थित निर्माण व्यवसायी संघको गेट नजिकै चार जना युवावीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ बस्ने २३ वर्षीय अंकित चन्द घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले पुरानो विवादका कारण चारजना युवाहरूका वीच झडप भएको जानकारी दिए ।
घाइते चन्दको नाकमा चोट लागेको छ । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा संलग्न धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कै २८ वर्षीय मिलन खत्री, २३ वर्षीय केशव खत्री र २१ वर्षीय प्रयास शाहीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
केशव खत्रीले बिना कारण आफूमाथि कुटपिट गरी धनजनमा समेत क्षति पुगाएको भन्दै घाइते अंकित चन्दविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दर्ता गराएका थिए ।
प्रहरीले चन्दको खोजी गरिरहेका बेला दुई पक्षवीच झडप भएको थियो ।











प्रतिक्रिया