६ कार्तिक २०८३, शुक्रबार

सुन-चाँदीको मूल्यमा गिरावट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन ।  बिहिबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार ८ सय रुपैयाँले घटेर तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो।

यस्तै तेजाबी सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबारको तुलानामा चाँदी २० रुपैयाँले कम हो।