
काठमाडौं, २९ फागुन । अख्तियार अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नायब सुब्बा र लेखापरीक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ रहेका छन् ।
सेवाग्राहीसँग ५ हजार घूस लिएको आरोपमा नासु पन्थी र लेखापरीक्षक श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।











प्रतिक्रिया