
नुवाकोट, २९ फागुन । फागुन २१ गते राति नुवाकोटको त्रिशूलीमा हाम फालेर एक युवतीले आत्महत्या गरेपछि श्रीमानविरुद्व प्रहरीले आत्महत्या दुरुत्साहन मुद्वा चलाएको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर-१ ढुंगेबजारकी २१ वर्षिया सञ्जु खातीले त्रिशूली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन्। उनका श्रीमान् पति २२ वर्षीय मौसम खातीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत नुवाकोट जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।
फागुन २१ गते बेलुका त्रिशूली नदीको बगरमा सञ्जुको शव फेला परेको थियो भने श्रीमान मौसमा बेहोस अवस्थामा फेला परेका थिए ।
श्रीमान श्रीमतीबीच बारम्बार झगडा भइरहने र झगडाका कारण सञ्जुले आत्महत्या गरेको खुलेपछि श्रीमान मौसमविरुद्व आत्महत्या दुरुत्साहन मुद्वा चलाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया