
काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले एकता घोषणा सभामा उपस्थित अध्यक्षहरू कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीप्रति रोष प्रकट गरेका छन् ।
साना साना कुरा र स्वार्थमा विभाजित भएर लाखौं कार्यकर्ताको मन टुटाएको बताउँदै बुधबार आयोजित सभामा प्रतिनिधि सभा सदस्य समेत रहेका लिङ्देनले भने,‘कसको नाम अगाडि आयो, कसको पछाडि पर्यो भन्ने यस्ता कुरामा विभाजित हुनुभयो, सिद्धान्तमा होइन स्वार्थमा पार्टी फुटाइयो ।’
कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा बाहेक अरु नरहेको अवस्थामा नेताका व्यक्तिगत स्वार्थका कारण त्यो मौकाबाट चुकेको बताएका उनले ४५ हजार मत ल्याएर जित्दा पनि राप्रपाको सांसद भन्न नसक्दा खिन्न भएको बताए ।











प्रतिक्रिया