
काठमाडौं, २८ फागुन । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिने उपाय र रोकथामसम्बन्धी सुझाव लिने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार सर्वदलीय बैठक डाकेका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुने बैठकमा पोखरेलले सबै दलबाट सुझाव लिएर कोरोनाबाट बच्ने उपायबारे ठोस निर्णय लिन कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्च स्तरीय समन्वय समितिमा छलफल गर्नेछन् । पोखरेल सरकारले गठन गरेको उक्त समितिका संयोजक हुन् ।
कोरोना भाइरसका कारण विभिन्न मुलुकमा मानवीय क्षति बढ्दो छ भने कतिपयले नियन्त्रणका लागि विविध उपाय र निर्णय गरिरहेका छन् । नेपाल पनि जोखिममा रहेको मुलुक भनी विश्व स्वास्थ्य संगठनले सचेतता अपनाउन अपिल गरिसकेको छ ।











प्रतिक्रिया