
काठमाडौं, २८ फागुन । ट्याक्सी व्यावसायी र चालकको दबाबमा नागरिकले सस्तो ठानेका मोबाइल एपमार्फत सेवा दिने पठाओ र टुटल रोक्न सरकारले सूचना निकालेको छ ।
यसअघि पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिन खोज्दा नागरिकले विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा एपमार्फत सेवा दिने पठाओ र टुटल रोकिएको थिएन ।
तर ट्याक्सी व्यावसायी र चालकले आन्दोलन गरी यातायात विभाग घेराउ गरेपछि दबाबमा आएको सरकारी संयन्त्रले यस्तो सूचना जारी गरेको हो ।
नाम उल्लेख नगरी निकालिएको सूचनामा नीजि सवारी साधनमा यात्रु नबोक्न उर्दी गरिएको छ । नीजि नम्बरप्लेटका मोटरसाइकललगायतमा पठाओ र टुटलले सेवा दिँदै आएका छन् ।











प्रतिक्रिया