बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

लण्डनमा महिला दिवस मनाइयाे

दैनिक नेपाल २०७६ फागुन २८ गते ७:३३

लन्डन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमको आयोजनामा महिला सशक्तिकरणबारे एक अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ ।

आइतबार लन्डन इस्टकोटस्थित ‘भेन्यू फाइभ रेष्टुरेन्ट’ हलमा सम्पन्न कार्यक्रममा महिला अगुवाहरुले महिला सशक्तिकारणका बारेमा आआफ्ना विचार व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन युकेकी अध्यक्ष पूनम गुरुङले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरू पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी ले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिए ।

लिबियामा कार्यरत समाजशास्त्री डा. मीना पौडेल, लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिंग फेलो डा. पुनम यादव, लिभरपूल जोन मुर्स विश्वविद्यालयकी सहप्राध्यापक डा सारा पार्कर तथा सिवानी घलेले प्रस्तुति गरेका थिए ।

गत वर्ष काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलमा पौडीमा चार ओटा स्वर्ण पदक जित्न सफल खेलाडी गौरिका सिंह तथा चेल्सी गुरुङ लगायतका युवा तथा किशोरीहरुले आफ्नो मन्तव्य दिएका थिए ।

अमृता गिरि गजुरेल तथा सुष्मिता थापाले नाटक प्रश्तुत गरेका थिए। पत्रकार भगीरथ योगी तथा ब्लगर लेक्स लिम्बुले कार्यक्रममा छलफल भएका विषयहरुको निस्कर्ष सुनाएका थिए । लक्ष्मी राई ‘लारा’ तथा बिमला सेनेले मडरेट गरेको कार्यक्रममा एनआरएनए युकेकी महिला संयोजक प्रसुना कंडेलले सबैलाई धन्यवाद दिएकी थिइन् ।

गैरआवासीय नेपाली संघ युरोप सहसंयोजक कृष्ण तिमल्सीना, आइसीसी सदस्यहरु रामशरण सिमखडा, सुसिला राई, योग कुमार फगामी, लिलादेवी गुरुङ लगायत संघका अग्रजहरू, पत्रकार, व्यवसायी लगायतको बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा सफल पार्न लारा राईले सकृय भूमिका निर्वाह गरेकी थिइन्। कार्यक्रमको व्यवस्थापन एनआरएन युके महिला फोरमले गरेको थियो। कार्यक्रमको संयोजन प्रसुन कंडेलले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित