८ मंसिर २०८३, मंगलबार

कतारको लागि श्रम स्वीकृति बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २७ फागुन ।   सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । कतारले नै नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकमा तिव्र गतिमा फैलिरहेका बेला कतारले नेपालसहित १४ देशलाई अस्थायी प्रतिबन्ध लगाएको हो ।