
काठमाडौं, २७ फागुन । हाल पूर्पक्षका लागि कारागारमा रहेका हत्या अभियुक्त पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालयमा गलत सूचना टिपाउने नेपाल प्रहरी उपरिक्षक (एसपी) भूपेन्द्र खत्रीका प्रिय पात्र प्रहरी नायव उपरिक्षक (डिएसपी) नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्धको इञ्चार्ज बनाइएको छ ।
तत्कालिन प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाललाई गलत रिपोर्टिङ गरी २७ चैत, २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोट र मानव हत्याको अभियोग लागेका आलमलाई भाग्ने मौका दिन खत्री र कार्कीको जोडबल थियो ।
तर खनालले अर्को विशेष टोलीलाई रौतहटमा खटाएका कारणले आलमले सीमा कट्ने मौका पाएका थिएनन् । त्यसबेला डिएसपी कार्कीले दिएको सूचनाका आधारमा नै आफूले प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ गरेको भन्ने खत्रीको जवाफ थियो ।
तर खत्री हालका आईजी ठाकुर ज्ञवालीको सचिवालयमा भएकै मौकामा कार्कीलाई बौद्धको इञ्चार्ज दिइएको छ । प्रहरी स्रोतका अनुसार खत्रीकै डिजाइनमा यस्तो निर्णय गराइएको हो । आईजी ज्ञवालीलाई दबाबमा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव दिपेन्द्र दहाललाई सिफारिस गर्न लगाइएको स्रोतले दाबी गरेको छ ।
खत्रीले आलम प्रकरणमा माखो नमारे पनि त्यसको जस लिन भने पछाडि परेनन् । आफू इञ्चार्ज रहेकै बेला आलम पक्राउ गरिएको भन्ने व्यहोराको विज्ञप्ति खत्रीले जारी गरेका थिए ।
कार्की इलाका प्रहरी कार्यालय दमकमा रहेका बेला दाहालसँगको राम्रो चिनजान बनेको थियो । त्यहि लिगेसीलाई अहिले बौद्धको इञ्चार्ज हुनका लागि दबाबका रुपमा प्रयोग गरिएको हो ।
कार्कीलाई काज सरुवा गरिएको छ । जुन अव्यवाहारिक र अवैज्ञानिक मात्रै छैन, छलकपटपूर्ण निर्णय गरिएको प्रष्ट हुन्छ । विदाको दिन कुनै सरकारी निर्णय हुँदैन । तर २६ फागुनमा परेको फागु पूर्णिमाको विदाकै दिन काज सरुवाको निर्णय गरिएको छ ।
यता खत्री पनि विवादमा नमुछिएका होइनन् । विवादीत मिटरव्याजीहरूमार्फत एसपी खत्रीका विविध ठाउँमा लगानी रहेको बताइएको छ । खत्रीकै कारण विवादमा नमुछिएका आईजी ज्ञवाली विवादको घेरामा तानिन थालिएका छन् ।











प्रतिक्रिया