
कठमाडौं, २७ फागुन । नेपाली बजारमा मंगलबार सुनको मुल्यले फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र सुस्त हुनु, कच्चा तेलको मूल्यमा ह्रास आउनु र डलरको भाउ बढ्नुले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया