
काठमाडाैं, २६ फागुन । विदेश पठाउने भन्दै ३२ जना युवाबाट लाखौँ ठग्ने दुुई जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।
अष्ट्रलिया र दुबई पठाउने भन्दै युवालाई ठगी गर्ने धनुषाका २६ वर्षीय राजेश शाह र कपनका ललित तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
शाहले सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भनेर ठगी गरेका थिए ।
उनले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ उठाएको र तामाङले अस्ट्रेलिया पठाउँछु भनेर प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया