८ मंसिर २०८३, मंगलबार

आज उपत्यकामा सुरक्षा व्यवस्था कडा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ फागुन ।   उपत्यकामा होली पर्वलाई लक्षित गरी आज सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीका चोक, गल्ली र मुख्य सडकहरुमा सुरक्षा जाँचलाई कडा पारिएको छ ।

उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोाबाइल चेकिङ गरिरहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, हेलमेट नलगाई दुईपांग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाइ गरेर चलाउनेलाई कारबाही गर्न विशेष जाँच अभियानसमेत चलाइएको महाशाखाले जनाएको छ ।