मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कोरोना, अनेक भाइरसहरू र विश्वका प्रयासहरू

रिना भट्ट २०७६ फागुन २६ गते १०:४१

-रिना भट्ट

महात्मा गान्धीको शव्द सापट लिऔं– यो स्वास्थ्य हो, वास्तविक धन हो । सुनचाँदी हिरामोती बास्तविक धन होइन ।

विश्वको अर्थतन्त्र अहिले ओरालो लागेको छ, सुनको भाऊ विश्वबजारमा निक्कै महँगो भएको छ । तर ती सबैभन्दा महँगोचाहिँ नागरिकको स्वास्थ्य सावित भइरहेको छ, चर्चामा रहेको कोभिड–१९ अर्थात् कोरोना भारइरसँगको लडाँई ।

यो साधारण भाइरस भएको बताइन्छ तर यसले असाधारण क्षतिको गति लिएको छ । यसको सबैभन्दा खतरनाक कामचाहिँ छिटो छिटो सर्नु र प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई आक्रमण गर्नु देखियो ।

फागुन चैतमा हामी मान्छेले भाईरल ज्वरो सधै भोग्दै आईरहेका छौं जसले कतिपय कमजोरहरुको ज्यान पनि लिने गर्छ ।

बच्चा बेलादेखि आजसम्म सबै मानिसहरूलाई कुनै न कुनै बेला कुनै भाईरसले बिरामी बनाएकै हुनुपर्छ । यो एक पल्ट मात्र नभएर हजारौं पल्ट भै सकेको हुन्छ । रूघा खोकी लागेर जति पल्ट हामी बिरामी भएका थियौं त्यो सबैमा कुनै न कुनै भाईरस नै हाम्रो शरीरमा प्रवेश गरेरै भएको थियो ।

कोरोना भाईरस भर्खर उत्पादन भएको भाईरस होइन यो जबदेखि सृष्टि भयो तबदेखि कुनै न कुनै रुपमा मान्छेलाई लाग्दै आइरहेको छ । त्यो भाईरस कुनै बेला हाम्रो शरीरमा पनि प्रबेश गरिसकेको हुन सक्छ । तर फरक सिर्फ यहाँ छ की करोना भाईरसलाई चिन्ने एउटा ‘डाईग्नोस्टिक किट’को उत्पादन चै नयाँ हो । जसले जाँचेर अहिलेको भाईरल ज्वरोको भाइरसको नामचाहिँ ‘कोरोना’ हो भन्ने आएको छ । यो नै समस्याको मुख्य जड हो, जो भर्खर विश्वमा आएको छ जसलाई विश्वभरि नै प्रयोग मा ल्याउनुछ जसको पछाडि को राजनीति यो छ ।

जब किट थिएन त्यो बेला पनि कोरोना भाईरस थियो । हामी जीउँदो छौं अझै जीउँदै रहने छौं । यसैगरी कोरोनाको त्रास विश्वभरी फैलिएको छ की अब यसको भ्याक्सिन आविस्कारका लागि जोड तोडका साथ शक्ति राष्ट्रहरू सक्रिय छन् ।

सन् १९८४ मा दक्षिण अफ्रिकाबाट एचआईभी बाट एड्स फैलेको बताइयो तर तत्कालीन समयका दक्षिण अफ्रिकी राष्ट्रपति एमबिकीले एड्सको कारण एचआईभी होइन भन्दा अपदस्त हुन परेको थियो । जो नेलसन मण्डेला पछिका दोस्रो राष्ट्रपति थिए 

यो रोग नियन्त्रणका लागि विश्वभरका सरकारले बजेट छुट्याउन लागि सकेका छन् ।  जसरी टिबी,  एड्सका लागि सबैले आ–आफ्नो बजेट छुट्याएका छन् । त्यसरी नै कोरोनाको नाममा छुट्टै बजेट छुट्याउन विश्वभरका दुई सय मुलुकहरू तम्तयार भई बसेका छन् । तपाईँ हामीले तिरेको करको रकम अब सँधैको लागि कोरोनाको क्षेत्रमा खर्चिन सरकारहरू तयारी बसेको छ । जसरी एड्सको समयमा बिश्वभर त्रास भईरहेको थियो त्यसरी नै आज कोरोनाले बिश्व त्रसित छ ।

सन् १९८४ मा दक्षिण अफ्रिकाबाट एचआईभी बाट एड्स फैलेको बताइयो तर तत्कालीन समयका दक्षिण अफ्रिकी राष्ट्रपति एमबिकीले एड्सको कारण एचआईभी होइन भन्दा अपदस्त हुन परेको थियो । जो नेलसन मण्डेला पछिका दोस्रो राष्ट्रपति थिए । त्यो समयमा मुख्य पात्र एचआईभी स्थान दक्षिण अफ्रिका र डाइरेक्टरहरु बिश्वको शक्तिशाली राष्ट्रहरू थिए भने आज यो स्थान र पात्रहरू फरक फरक देखिएको छ ।

टिबी र अन्य ब्याक्टेरियाले प्रत्येक बर्ष संसारमा पन्ध्र लाख मान्छे मर्ने गर्दछन् । कोरोना भाईरसले आजसम्म पाँच हजार मान्छे मरे होलान् तर अरू रोगले धेरै मरिरहेका छन् त्यता नजर किन गइरहेको छैन ?

कुनै पनि भाईरस त्यसको नाम कोरोना भाईरस आज होला पहिला एच वान एन वान थियो, डेङ्गु थियो, निपा भाईरस थियो, जिका थियो अझ धेरै नाम आउला सबै भाईरसको समाधानको उपाय भनेकै स्वस्थ्य बस्नु हो । स्वस्थ जीवन आफू पनि बाँचौ र अरूलाई पनि बाच्न दिउ त्रास रहित बाताबरण बनाउन सहयोग गरौं ।

प्रतिक्रिया
सम्बन्धित