८ मंसिर २०८३, मंगलबार

घरमा ग्यास भण्डारण नगर्नुस्, ग्याँसको अभाव हुँदैन : आयल निगम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन ।  नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।

बजारमा ग्याँस अभाव हुने हल्लाले उपभोक्ताले धेरै ग्यास भण्डारण गर्न थालेको भन्दै भण्डारण नगर्न निगमले आग्रह गरेको हो ।

निगमले ग्यासको अभाव नहुने पनि बताएको छ । अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाइसकेको निगमले बताएको छ ।

औषतभन्दा ७ हजार मेट्रिक टन ग्यास थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई छ ।