८ मंसिर २०८३, मंगलबार

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ फागुन ।  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले मापसेको शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।