
काठमाडाैं, २५ फागुन । भैँसेपाटीमा एक बच्चा बोकेकी महिलामाथि कुटपिट गर्ने तत्कालीन इन्चार्ज इन्स्पेक्टर देवी प्रसाद पौडेलको विरुद्ध विभागीय कारबाही गर्न घटना अनुसन्धानका लागि गठित समितिले सिफारिस गरेको छ ।
पौडेलको विरुद्ध विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको हो। ललितपुर प्रहरी प्रवक्ता एसपी दुर्गा सिंहको नेतृत्वमा गठित समितिले कारबाहीको सिफारिस गरेको हो ।
बच्चा बोकेकी एक महिलालाई इन्स्पेक्टर पौडेलले लाठीचार्ज गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि चर्को आलोचना भएको थियो ।











प्रतिक्रिया