
काठमाडौं, २५ फागुन । दुई करोड भन्दा धेरै रकम ठगी गरेको आरोपमा म्यानपावर व्यवसायी पक्राउ परेका छन् । माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
माल्टा पठाइदिन्छु भनेर ३०/४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले २ करोडभन्दा माथि उठाएर फरार भएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।
श्रेष्ठले काठमाडौंमा रहेको सिटी सेन्टरको मसाज सेन्टरलाई म्यानपावरको रूपमा देखाएर ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया